SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी

काठमान्डौ, ३ मंसिर । नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ओलीले शपथ ग्रहण गर्न लागेका छन् । अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टीको अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी विधानअनुसार अब उनी पद तथा गोपनीयताको शपथ लिन लागेका छन् ।