SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ १२:०१ PM · 1 मिनेट पढाइ

रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज

काठमाडौँ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि पार्टीले अदालतले राजनीतिक प्रतिशोध खारेज गरेको प्रतिक्रिया दिएको छ । पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको निर्णयले राजनीतिक प्रतिशोध खारेज भएकाले अब स्वच्छ राजनीति अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।