SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ १२:३९ PM · 1 मिनेट पढाइ

बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

बुटवल, ३ पुस । बुद्धिचाल खेल र खेलाडीको विकास गर्ने उद्देश्यका साथ बुटवलमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समितिको सहयोगमा रुपन्देही बुद्धिचाल सङ्घको आयोजनामा ३ दिने बुटवल मेयर कप प्रदेश स्तरीय रेटिङ बुद्धिचाल प्रतियोगिता २०८२ सुरु भएको हो ।