SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो

बुटवल । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुल्दा रास्वपा सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ । लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उडेको हो । केन्द्रीय कारागारका डीएसपी जेसी शाहले लामिछानेलाई लिएर गएका हुन् ।