SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०९:०९ AM · 1 मिनेट पढाइ

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुस । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोलीकाण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले योजना स्थगित गर्ने निर्णय गरेका हुन् । ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए ।