SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०९:४० AM · 1 मिनेट पढाइ

के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन

काठमाडौँ, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बस्न अनुशासन महत्वपूर्ण रहेको बताएका छन् । ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मतपरिणामलाई स्वीकार गरेर पार्टी अघि बढेको उल्लेख गरेका छन् । उनले भने, ‘पार्टीमा आँच आउने कुनै पनि काम नहुन् । हामी सुदृढ अनुशासनमा बस्छौँ ।