SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो

 काठमाडौँ, ४ पुस । अमेरिकाले अवैध रूपमा बस्दै आएका र कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ । बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाइएको हो । डिपोर्ट हुनेमा ३ महिला र ७२ जना पुरुष रहेका छन् ।