SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनका लागि ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् । केन्द्रीय कार्यसमितिको मङ्सिर १५ गतेको निर्णय अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बन्न मातहतका समितिहरूलाई नाम सिफारिस गर्न निर्देशन दिइएको थियो ।