SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार रकम बुझाएपछि छुटेका छन्। उनले जिल्ला अदालत, रुपन्देहीमा धरौटी १ करोड र बिगो वापतको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका हुन्।