SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ १२:१५ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा

 काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज पुस १ गते मतदान हुँदै छ। निर्वाचन तालिकाअनुसार आज (मंगलबार) दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति ९ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ।