SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०२:०९ AM · 1 मिनेट पढाइ

गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा

लमही, ०१ पुस । राजपुर गाउँपालिका–२ गहिरा निवासी सुष्मा चौधरी सफल कृषि उद्यमीका रूपमा परिचय बनाएकी छिन् । घरायसी काममा व्यस्त रहने गृहिणीबाट आत्मनिर्भर उद्यमीतिर लम्किएकी सुष्माले कृषिबाटै राम्रो आम्दानी लिने गरेकी छिन् । २०७४ सालमा विवाह बन्धनमा बाँधिएकी सुष्माको तीन जनाको सानो परिवार छ । उनका श्रीमान् पेसाले गाडी चालक भएको हुँदा प्रायः घरबाहिरै बस्ने गर्छन् ।