SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०२:५४ AM · 1 मिनेट पढाइ

गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने

नवलपरासी, ०१ पुस । नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पुसको पहिलो साता पानी प्रवाह गरिने भएको छ । हिउँदे बाली लक्षित सिँचाइका लागि नहरमा पानी प्रवाह गर्नका लागि भारतीय पक्षसँग कुरा अगाडी बढाइएको हुँदा पुसको पहिलो साता पुस ५ गते नै पानी प्रवाह गरिने सिचाई प्रणाली व्यवस्थापन कार्यालय सेमरीले जानकारी गराएको हो ।