SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०४:५८ AM · 1 मिनेट पढाइ

एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनको कार्यतालिका अनुसार दिउँसो २ बजेबाट मतदानको तयारीमा केन्द्रीय निर्वाचन आयोग जुटेको छ । ढिलोमा २ बजेबाट मतदान शुरु गराउनका लागि आयोगले काम गरिरहेको जनाएको छ । विद्युतीय मतदानका लागि राति १२ बजे उम्मेदवारको अन्तिम नामावली हस्तान्तरण गरेको आयोगका सदस्य कुन्साङ लामाले बताए ।