SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०५:२७ AM · 1 मिनेट पढाइ

महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त

काठमान्डौ, १ पुष । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्षल जयन्त पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । यसअघि पाठक थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकका रूपमा कार्यरत थिए ।