SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०५:३४ AM · 1 मिनेट पढाइ

युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी

बुटवल, १ पुष । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा नेता राजु गुरुङले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देही–२ बाट प्रतिनिधि निर्वाचित गुरुङले लुम्बिनी प्रदेशबाट भूगोलतर्फ स्वतन्त्र रूपमा मनोनयन दिएका हुन् । अध्यक्ष केपी शर्मा ओली समूहको सम्भावित उम्मेदवार सूचीमा नाम नपरेपछि गुरुङले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका हुन् ।