SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौँ ।  हिजो सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ६० हजार ६ सय रुपैयाँ रहेको थियो ।