SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०९:२५ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ

 काठमाडौं, १ पुस । काठमाडौंमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन । कन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरेको थियो । तर समय सरेर साँझ ४ बजेदेखि मतदान हुने भनिएको भए पनि अहिलेसम्म मतदान सुरु हुने निश्चितता देखिएको छैन ।