SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ । सचिवालयका अनुसार, माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई दिन थापाले राजीनामा दिएका हुन् ।