SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूह पार्टीको नयाँ क्रियाशील सदस्यता वितरणका लागि पठाइएको फारममा ‘सिरियल नम्बर’ नराखिएको प्रकरणमा एक्लिएको छ । संस्थापन पक्ष र इतर समूहका नेता डा. शेखर कोइराला नेतृत्वले सिरियल नम्बर राखिएका फारम मात्र वितरण गर्नुपर्ने बताएपछि थापा समूह अलग देखिएको हो ।