SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवल, १ पुस । पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा हुने १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । प्रदर्शनी आयोजक संस्था रुपन्देही उद्योग संघले मंगलबार पत्रकार सम्मेलन गरी प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको छ ।