हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पक्राउ परेका छन्। कुमार, विश्वक्रान्ती, देवराज उपनामले चिनिने राजकुमार तामाङलाई मंगलबार काठमाडौँको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। तामाङलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए।
