SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०२:१६ PM · 1 मिनेट पढाइ

मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु हुँदै छ। त्यसका लागि लाइनमा लागेका प्रतिनिधिलाई अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलका उम्मेदवारहरू रहेको सूची हात-हातमा थमाइएको छ। त्यही सूची अनुसार मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरिएको छ।  साँझ ७ बजेदेखि मतदान गर्ने भनिएको भए पनि मतदान भने अझै सुरु हुन सकेको छैन।