SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०२:२४ PM · 1 मिनेट पढाइ

न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि

बुटवल, १ पुस । बुटवलमा जारी अन्तर विद्यालय छात्रछात्रा कबड्डी प्रतियोगिताको छात्र÷छात्रा दुबै उपाधि न्यू होराईजनले चुमेको छ । बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा मंगलबार भएको छात्रतर्फको फाईनलमा दीप बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि चुमेको हो । यसैगरि छात्रातर्फ कालिका मानव ज्ञान माबिलाई पराजित गरेको हो ।