SHARE
बुटवल टुडे · मङगलबार १ पु २०८२ ०२:४६ PM · 1 मिनेट पढाइ

एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि बेलुका गर्ने भनिएको मतदान सरेको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन्। आज बिहानदेखि सुरु हुने भनिएको मतदान पटक-पटक सारिएको थियो। मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने छ।