SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०१:४५ AM · 1 मिनेट पढाइ

स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी

भैरहवा, २९ मङ्सिर  । जिल्लाको रोहिणी गाउँपालिकामा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले पेस्की रकमलाई व्यक्तिगत हितमा प्रयोग गर्दै मनोमानी किसिमले खर्च गर्ने गरेको तथ्य उजागर भएको छ । गाउँपालिकाका विभिन्न कार्यक्रम तथा शीर्षकका नाममा ठुलो रकम पेस्कीको रूपमा निकासा गरिएको र त्यसको सदुपयोग तथा फर्छ्यौटमा चरम लापरबाही गरेको देखिएको छ ।