SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०५:१५ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो

काठमान्डौ, २९ मंसिर । सोमबार सुनको मूल्य तोलामा दुई लाख ६० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा दुई लाख ५८ हजार ८०० रुपैयाँ रहेको थियो ।