SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०५:२२ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु

काठमान्डौ, २९ मंसिर । काठमाडौँमा जारी नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भई भृकुटीमण्डपमा सम्पन्न बन्दसत्रपछि महाधिवेशन औपचारिक रूपमा निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो । महाधिवेशनको निर्वाचनका लागि उम्मेदवारहरूलाई मनोनयन फाराम वितरण सुरु भइसकेको छ ।