SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०५:३१ AM · 1 मिनेट पढाइ

सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल

काठमान्डौ, २९ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख कार्यभार नै निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पार्दै निर्वाचनबाट भाग्ने वा चुनाव हुँदैन भन्ने अफवाह फैलाउनु न्यायोचित नभएको बताएका छन् ।