SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०६:०७ AM · 1 मिनेट पढाइ

मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री

काठमान्डौ, २९ मंसिर । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले महाधिवेशनका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा आफूले विगतका गल्ती स्वीकार गर्दै समर्थन र मत मागिरहेको बताएकी छन् । एमालेबाट विद्रोह गरी तत्कालीन एकीकृत समाजवादीमा सहभागी भएकी झाँक्री केही समयअघि मात्रै पुनः एमालेमै फर्किएकी हुन् ।