SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०६:१८ AM · 1 मिनेट पढाइ

उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय

काठमान्डौ, २९ मंसिर । नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म बन्द गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले सोमबार बिहान बसेको आकस्मिक बैठकले सो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।