SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०७:४३ AM · 1 मिनेट पढाइ

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल

 काठमाडौं, २९ मंसिर । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन् । महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण स्पष्ट पारे । उनले भने, ‘म पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधिपूर्वक र सही ढंगले चलाउने उद्देश्यका साथ अघि बढ्न चाहेको हुँ ।