ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवार सूचीमा पूर्वमन्त्री विद्या भट्टराई समेटिएकी छैनन् । अध्यक्ष ओलीले उम्मेदवारको सूची तयार पारेर त्यसअनुसार नेताहरूलाई उम्मेदवारी दर्ता गराउन निर्देशन दिएका छन्, तर सो सूचीमा भट्टराईको नाम राखिएको छैन । भट्टराई एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
