SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमान्डौ, २९ मंसिर । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ३१ रनको लक्ष्य बङ्गलादेशले २४ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । बङ्गलादेशका जावाद अबरारले अविजित ७० रनको उत्कृष्ट इनिङ्स खेले ।