SHARE
बुटवल टुडे · सोमबार २९ मंिर २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना

बाँके, २९ मंसिर । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य सेवा प्रत्यक्ष नागरिकको घरआँगनसम्म पु¥याइँदा जनचेतना बढ्नुका साथै प्रारम्भिक चरणमै रोग पहिचान हुन थालेको छ ।