SHARE
बुटवल टुडे · शुक्रबार​ २६ मंिर २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ?

काठमान्डौ, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् चौथो पटक विस्तार गर्दैछिन् । बिहीबार मात्रै प्रधानमन्त्री कार्की शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेकी थिइन् । आज हुने विस्तारमा चार मन्त्री थपिने तयारी भएको स्रोतले जनाएको छ । शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।