संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी
काठमान्डौ, २६ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको संस्थापन समूहबाट हुने १५औँ महाधिवेशनमा सभापतिमा आफ्नो दाबी रहेको स्पष्ट गरेका छन् । शुक्रबार बिहान काठमाडौँको महाराजगञ्जमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संस्थापन समूहले यसबारे अहिलेसम्म कुनै निष्कर्ष ननिकालेको बताए । डा. महतका अनुसार संस्थापन पक्षले आपसी सहमतिमा एकैजनालाई उम्मेदवार बनाउने प्रयास भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
