SHARE
बुटवल टुडे · शुक्रबार​ २६ मंिर २०८२ ०७:१६ AM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ

काठमान्डौ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । मन्त्री खरेलले राजनीतिमा युवाहरूको सक्रिय उपस्थिति कसैले रोक्न नसक्ने बताए ।