SHARE
बुटवल टुडे · शुक्रबार​ २६ मंिर २०८२ ११:०२ AM · 1 मिनेट पढाइ

पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ

काठमान्डौ, २६ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा’ भएको दाबी गर्दै ठगी गर्दै आएका अनुप कुमार सिंहलाई प्रहरीले पुनः पक्राउ गरेको छ । ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई झापाको धुलाबारीबाट पक्राउ गरी काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।