SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०२:५२ AM · 1 मिनेट पढाइ

उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

काठमान्डौ, २७ मंसिर । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल आज ९शनिबार० हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् ।