SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०३:०१ AM · 1 मिनेट पढाइ

पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन

लमही,२७ मंसिर । दाङ  नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले पार्टीको पन्ध्रौँ महाधिवेशनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संस्थापन पक्षले  शुक्रवार लमहीमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले वडादेखि केन्द्र सम्म सर्वसम्मत रूपमा प्रतिनिधि छनौट हुने गरेर महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् ।