SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०३:२५ AM · 1 मिनेट पढाइ

पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा

कञ्चन, २७ मंसिर । गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५ पिपरीचापाको आयोजनामा हुन लागेको “प्रथम पिपरीचापा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” को तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको सम्पूर्ण तयारीबारे संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी दिए ।