SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०३:३० AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमान्डौ, २७ मंसिर । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । विस्फोटक पदार्थ तथा हतियार सुँघेर पहिचान गर्न सक्ने कुकुर र अत्याधुनिक बम डिटेक्टर उपकरणसहित प्रहरी बिहानैदेखि सक्रिय छन् ।