SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०३:४७ AM · 1 मिनेट पढाइ

नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

काठमान्डौ, २७ मंसिर । नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशले आज (शनिबार) सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहित वामदेव गौतम र भीम रावल जस्ता नेताहरूले सभालाई सम्बोधन गर्ने नेकपाकी नेता विमला केसीले जानकारी दिइन् । सन्देश सभा वीरेन्द्रनगरस्थित घण्टाघरमा आयोजना हुने बताइएको छ ।