स्टार फुटबलर मेसी भारत आइपुगे
काठमान्डौ, २७ मंसिर । स्टार फुटबलर अर्जेन्टिनाका लियोनल मेसी शनिबार बिहान भारतको कोलकातामा पुगेका छन् । उनीसँगै पूर्व अन्तर्राष्ट्रिय फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् । मेसी जीओएटी इन्डिया टुर–२०२५ अन्तर्गत भारत भ्रमणमा रहेका हुन् । कोलकाता एयरपोर्टमा मेसीको स्वागतका लागि हजारौं फ्यान बिहानैदेखि उपस्थित थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
