SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०४:१६ AM · 1 मिनेट पढाइ

क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन

गुल्मी, २७ मङ्सिर  । क्याम्पसको शैक्षिक विकासका लागि गुल्मीको सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा सवा तीन करोड नगद रुपैयाँ सङ्कलन भएको छ । सत्यवती गाउँपालिका –५ हँसरा स्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्र कल्याण एवं विश्व शान्ति विराट धनधान्यचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम सङ्कलन भएको हो ।