SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०४:४६ AM · 1 मिनेट पढाइ

बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य

जितपुर २७ मंसिर ।  वाणगंगा नगरपालिका–७ अन्तर्गत पर्ने अत्यन्त पुरानो र व्यस्त बनगाइ–डोहाटे सडक खण्डमा अवस्थित बनगाइ–मोतीपुर–कपिलधाम सडक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । सडक निर्माणको ठेक्का पाएका कम्पनीका सञ्चालक नारायण भुसालका अनुसार बनगाइको सिमानादेखि मोतीपुर हुँदै कपिलधामको दोस्रो पुलसम्म एकै पटक दुवै तर्फ नालीसहित सडक निर्माण कार्य भइरहेको छ ।