SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०५:०८ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने

काठमान्डौ, २७ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मनोनीत हुने १०८ जना प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच ६०स्४० को अनुपातमा बाँडफाँड गर्ने सहमति भएको छ । शुक्रबार सचिवालयको झन्डै पाँच घण्टे बैठकपछि दुबै समूहबीचको समझदारी अनुसार प्रतिनिधि मनोनीत गर्ने सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।