परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी
काठमान्डौ, २७ मंसिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गर्दै महाधिवेशन स्वस्थ, प्रतिस्पर्धी र योग्य नेतृत्व चयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गर्दै प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आफ्ना क्षेत्रका जिम्मेवार नेता भएको स्मरण गराएकी छन् ।
