SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०५:२७ AM · 1 मिनेट पढाइ

सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

काठमान्डौ, २७ मंसिर । नेकपा एमालेले काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोललाई ११औँ महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ । ११औँ महाधिवेशनमा सहभागी हुने १०८ जना मनोनीत प्रतिनिधि सूचीमा डंगोल पनि समावेश भएकी छन् । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जनामध्ये डंगोलको नाम मनोनीत प्रतिनिधिमा परेको हो ।