SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०५:४० AM · 1 मिनेट पढाइ

श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा

काठमान्डौ, २७ मंसिर । यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली युवा क्रिकेट टोलीले श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । युएईको सेभेन्स स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ साविक विजेता बंगलादेश, अफगानिस्तान र श्रीलंका पनि रहेका छन् ।